PRABHU BANK

ज्योति विकास बैंकको १६औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । ज्योति विकास बैंकले स्थापनाको १६औँ वार्षिकोत्सव मनाएको छ ।  वि.सं. २०६५ साल श्रावण ९ गते स्थापना भएको ज्योति विकास बैंक बुधबार १६ वर्ष पुरा गरि १७औँ वर्षमा प्रवेश गरेको हो ।

बैंकको प्रधान कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए भने उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व सञ्चालकहरू, कर्मचारीवर्ग र ग्राहकहरूको पनि उपस्थिति रहेको थियो ।

बैंकले वार्षिकोत्सवको अवसरमा परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ । उक्त वेबसाइट प्रकाशन पश्चात् बैंकले प्रदान गरिरहेको सेवासुविधाहरूको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङ मार्फत अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोड लगायत विभिन्न बैंकिङ सेवाहरूको लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने भएको पनि बैंकले जनाएको छ ।

बैंकले देशैभरका १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत सहजरूपमा बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै