PRABHU BANK

सांग्रीला डेभलपमेन्ट बैंकले निषेधाज्ञाको समयमा पनि ग्राहकहरुलाई सहज सेवा दिने, तोक्यो सम्पर्क व्यक्ति

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले निषेधाज्ञाको समयमा पनि ग्राहकहरुलाई सहज सेवा दिने भएको छ । बैंकले सहज सेवा दिने उद्देश्यले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको हो । निषेधाज्ञा अवधिमा बैंकका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाई भोग्नु परे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोक्ने काम गरेको बैंकले जानकारी दिएको छ ।
बैंकको अनुसार यसका लागि काठमाडौं उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ भने प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट गरी उनीहरुको नाम र सम्पर्क नम्बरको सूची नै सार्वजनिक गरिएको छ । बैंकले काठमाडौं उपत्यकाका लागि विभिन्न शाखामा कुल १९ जना सम्पर्क व्यक्ति तोकेको छ भने प्रदेश नम्बर १, प्रदेश नम्बर २, भरतपुर क्षेत्रका लागि २-२ जना तोकेको छ भने मकवानपुर, बुटवल, बाग्लुङको लागि १-१ जना, नेपालगञ्ज क्षेत्रका लागि ३ जना, दाङ क्षेत्रका लागि एकजना, गोरखा क्षेत्रका लागि २ जना, कर्णाली प्रदेशका लागि एकजना, सुदुरपश्चिम क्षेत्रका लागि २ जना र पोखरा क्षेत्रका लागि २ जना सम्पर्क तोकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै