PRABHU BANK

विदेश भ्रमण तथा रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी कस्तो छ व्यवस्था ?

काठमाडौँ । विदेश भ्रमण तथा रोजगारीका लागि नेपालीले राहदानी देखाएर विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानडाको हकमा अधिकतम अमेरिकी डलर ५ सय र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर दुई समयसम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सक्नेछन् ।

राहदानी सुविधाबापत सटही माग गर्ने व्यक्तिले हवाई टिकट, राहदानी र भिसाको प्रतिलिपि पेस गर्नुपर्दछ । साथै, बैंक तथा वित्तीय संस्थाले उक्त प्रतिलिपि सक्कल प्रतिसँग भिडाई दुरुस्त भएमा मात्र सटही सुविधा प्रदान गर्न सक्नेछन् । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै