काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले एक सार्वजनिक सूचना जारी गर्दै १ सय रुपैयाँका ३० करोड थान नयाँ नोट छाप्ने तयारी गरेको हो ।
बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसम्मको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।
इच्छुक आपूर्तिकर्तासँग प्रस्ताव माग गर्दै राष्ट्र बैंकले आउँदो सेप्टेम्बर ३ सम्म बोलपत्र फारम खरिद गर्न सकिनेछ ।