PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक युवक पक्राउ

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-५, भाटभटेनी चोकस्थित रहेको बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्ने युवक डडेलधुराको सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री हुन् । गए राति बैंकको एटीएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरी गर्न प्रयोग हुने हतियारसहित पक्राउ गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै