PRABHU BANK

तीन अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक, प्रतिकित्ता मूल्य कति ?

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ३० लाख युनिट भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

निष्कासन गर्नलागिएको कुल ऋणपत्रको ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । दस वर्ष अवधिको सो ऋणपत्रमा वार्षिक ७.५ प्रतिशतका दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुने पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै