काठमाडौँ । सिन्धु विकास बैंकमा रोजगारी खुलेको छ । बैंकमा ब्रान्च मेनेजर र सिए पदका लागि रोजगारी खुलेको हो ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २५ गते भित्र आवेदन दिन सक्नेछन् ।
त्यस्तै, आवेदकहरूले आफ्नो आवेदन, सिभि, नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, अनुभव पत्र र पासपोर्ट साइजको फोटो बुझाउनु पर्नेछ ।
बैंकका अनुसार सिए पदका लागि आवेदकसँग २ वर्ष र ब्रान्च मेनेजरका लागि ५ वर्षको अनुभव हुनुपर्नेछ ।