PRABHU BANK

एनएमबी बैंकका ग्राहकलाई कतार एयरवेजको फ्लाईट टिकटमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । एनएमबी बैंकका ग्राहकहरुलाई कतार एयरवेजको फ्लाईट टिकटमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्म छुट हुने भएको हो ।

ग्राहकहरूले छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा,  ग्राहकले अनलाइन प्रमोसनल कोड क्यूआर एनएममबी २४ प्रयोग गर्नुपर्नेछ ।

यो अफर मार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउने बैंकले जनाएको छ ।

एनएमबी बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै