PRABHU BANK

कर्णाली डेभलपमेन्ट बैंकको नाफामा आकर्षक वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

Karnali Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नाफामा आकर्षक वृद्धि गरेको छ । बैंकले असार मसान्तसम्म खुद नाफा बढाएर ५ करोड ८ लाख ७७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ९ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ०५ पैसा रहेको छ । बैंकको खुद ब्याज आम्दानी १३९.८८ प्रतिशतले बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा पनि ५४ सय ९२.९७ ले बढेर ५ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
हालसम्म बैंकले ४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको रिजर्भ कोषमा २ करोड ३४ लाख रुपैयाँ छ र खराब कर्जा ०.८६ प्रतिशतले बढेर १.८६ प्रतिशत पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै