PRABHU BANK

मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्री खुल्ला, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त

Meromicrofinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले भदौ ८ गते मंगलबारदेखि ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको हो । उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य ५८० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ १७ गते बिहान १० बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खाल्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै