ग्लोबल आईएमई बैंकले पायो ग्लोबल फाइनाइन्सको ‘बेष्ट बैंक अवार्ड’, म्यागजिनद्वारा सम्मानित हुने पहिलो नेपाली बैंक बन्न सफल

काठमाडौँ । ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्ड ग्लोबल आइएई बैंकले पाएको छ ।  सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको दाबी गर्दै म्यागजिनले ‘बेष्ट बैंक अवार्ड’ प्रदान गएको हो ।

बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको फाइनान्स म्यागजिनको छ ।

म्यागजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक पनि बनेको छ ।

ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबिसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मे बैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैंक लगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा पनि सम्मानित गएको हो ।

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’ को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न थप उत्साहित गर्ने बैंकको भनाइ छ ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्