PRABHU BANK

बिना धितो मोबाइल एपमार्फत कर्जा दिँदै ५ वाणिज्य बैंक

काठमाडौँ । बिना धितो मोबाइल एपमार्फत ५ वाणिज्य बैंकले कर्जा दिन सुरु गरेका छन् । बैंकका ग्राहकहरुलाई सहज हुने उद्धेश्यले विभिन्न बैंकहरुले कर्जा दिन सुरु गरेका हुन् ।

बैंकमा धेरै रकम जम्मा भएर लागत बढ्न थालेसँगै बैंकहरुले नयाँ कर्जा योजना ल्याउन सुरु गरेका छन् । वाणिज्य बैंक अलावा अन्य बैंकले पनि यस्तो योजना ल्याउने तयारी गरिरहेका छन् । बिना धितो कर्जा दिनेमा एभरेष्ट बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक र कृषि विकास बैंक रहेका छन् ।

बैंकले मोबाइल एपमार्फत कर्जा दिन सुरु गरेका हुन् । मोबाइल एपमार्फत कर्जा लिने ग्राहकहरुले बैंकहरुको मोबाइल एप डाउनलोड गरेर कर्जा प्रकिया अगाडि बढाउन सक्नेछन् ।

त्यस्तै, बैंकका अनुसार ग्राहकहरुले पछिल्लो ६ महिनामा गरेको कारोबारमा आधारमा कर्जा पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै