PRABHU BANK

ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर मनि ट्रान्सफर लैजाँदै गर्दा लुटियो रकम

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडबाट पैसा निकालेर लैजाँदै गर्दा मनि ट्रान्सफरको रकम लुटिएको छ  । मनि ट्रान्सफरमा पैसा लैजाने क्रममा हतियार देखाएर लुटेराको समूहले साढे १५ लाख ५० हजार रुपैयाँ लुटेका हुन्  ।

सिरहा सदरमुकाममा रहेको शिव मनी ट्रान्सफरका कर्मचारी पुरुषोत्तम यादवले कार्यालयमा लिएर जाँदै गर्दा सो रकम लुटिएको हो  ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेका थिए ।

डीएसपी सापकोटाका अनुसार यस विषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै