PRABHU BANK

कमसल र खराब कर्जाको ब्याज तिर्नेलाई एनआईसी एशिया बैंकको छुट घोषणा

काठमाडौँ । एनआईसी एशिया बैंकले कमसल र खराब कर्जाको ब्याज तिर्नेलाई ब्याज छुट योजना घोषणा गरेको छ । बैंकले एक सुचना जारी गर्दै आफ्ना ग्राहकहरुलाई ब्याज छुट योजना घोषणा गरेको हो ।

बैंकले ऋणीहरुलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न कर्जाको वर्गीकरणगरी छुट योजना ल्याएको छ । एनआईसी एशिया बैंकले कमसल कर्जाका लागि १० प्रतिशत छुट, शंकास्पद कर्जाका लागि १५ प्रतिशत छुट र खराब कर्जाका लागि २० प्रतिशत छुट दिने भएको हो ।

त्यस्तै, बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूबाट मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ । यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै