prabhu

सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने !

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौं – सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक एस.के तमोटले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरुमा जनरल इन्स्योरेन्स कमपनीमा बीमा गर्ने ग्राहक वर्गहरुलाई आवश्यक निर्जीवन बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।
बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), १ सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ वटा एटिएम र १ हजार ३ सय भन्दा बढी पिओएस मेसिनमार्फत उच्च स्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै