काठमाडौँ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८३-८४ को प्रथम त्रैमास (साउन-असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले १६ करोड १५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ५५ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा १२ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले ६४ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले २६ करोड ६९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ।
यता कम्पनीको ईपीएस २३ रुपैयाँ ३ पैसा ऋणात्मक रहेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ १५ पैसा रहेको इन्स्योरेन्सले सार्वजनिक गरेको विवरणले देखाएको छ।



