काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि लाभांश घोषणा गरेको हो ।
बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकले हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने छ।



