बाढीमा बेपत्ता भएका सदस्यको परिवार खोजी गरिदिन जनउत्थान लघुवित्तको आग्रह, देखे वा भेटे खबर गर्न अपिल !

काठमाडौँ। बेपत्ता सदस्यको परिवार खोजी कार्यको लागि जनउत्थान लघुवित्तले अपिल गरेको छ। बुटवल, रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध समुदाय सदस्यहरुको पाँच जना परिवारका सदस्य बेपत्ता भएका हुन्।

संस्थाका अनुसार २०८३ भदौ १० गते आएको बाढीमा विभिन्न शाखा संचालन कार्यालयमा आबद्ध सदस्यहरुको परिवारका ५ जना सदस्यहरू बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा पाणेणी गाउँपालिका ३, ढाव, अर्घाखाँचीका प्रशान्त रेस्मी (३१), तुलसीपुर उपमहानगरपालिका १९, वाबगढी, दाङका सुरेश चौधरी (३८), इच्छाकामना गाउँपालिका १, हात्तिवाङ, चितवनका सुमन पुरी (३५), भरतपुर महानगरपालिका १२, गोन्द्राङ, चितवनका कृष्णराज अर्याल (७०) र कृष्णपुर नगरपालिका ५, गुलरिया, कञ्चनपुरका रमेशराज जोशी (३३) रहेका छन् ।

संस्थाले बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा सहयोग गरिदिन सर्वसाधारण, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायसँग अपिल गरेको छ। बेपत्ता व्यक्तिहरूबारे कुनै सूचना प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय, परिवारका सदस्यको सम्पर्क नम्बर वा जनउत्थान सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय, बुटवल १०, कालिकानगरमा जानकारी गराउन संस्थाले आग्रह गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्