काठमाडौँ। एभरेष्ट बैंकले आफ्नो शाखा स्थानान्तरण गरेको छ। बैंकले रौतहटको गरुडा नगरपालिका स्थित गरुडा शाखा कार्यालय नयाँ स्थानमा स्थानान्तरण गरेको हो ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ भदौ २२ गते सोमबारदेखि शाखाको सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार नयाँ भवनबाट सञ्चालन हुने भएको हो। शाखा गरुडा नगरपालिका, मेथुर चोकबाट करिब ५० मिटर दक्षिण पूर्वतर्फ नेपाल टेलिकमको टावर रहेको भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।
गरुडा शाखा एभरेस्ट बैंकको मधेश प्रदेशअन्तर्गत रौतहट जिल्लामा रहेको शाखा हो । शाखा स्थानान्तरणका क्रममा ग्राहकलाई पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना समेत गरेको छ। सूचनासहित:




