काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले लाभांश दिने भएको छ। भाद्र १८ गते विहीबार दिउँसो ४:०० बजे बसेको बैंक सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२-८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
हाल कायम चुक्ता पूँजी छ अर्ब दुई करोड तेह्र लाख अड्चालिस हजार तीन सय सतसट्ठी र पैसा बाईस मात्को १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव बैंकले गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।
हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा चुक्ता पुँजी रहेकोमा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बीसौँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैँया ९४ पैसा कायम हुनेछ ।



