बिदामा पनि बैंकहरूले आफ्नो शाखा खुला राख्ने, बाढीपिडितलाई बैंकिङ सेवा दिने उद्देश्य !

काठमाडौँ। लगातार बिदा परे पनि बैंक तथा वित्तीय संस्थाहरूले भने आफ्नो शाखा कार्यालयहरू खुला नै राख्ने भएका छन्। रसुवामा आएको विनाशकारी बाढीपछि नागरिकलाई आर्थिक पहुँच सहज बनाउन बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो शाखा कार्यालयहरू खुला राख्ने भएका हुन्।

रसुवामा आएको विनाशकारी बाढीपछि नागरिकलाई आर्थिक पहुँच सहज बनाउन राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको छ।

राष्ट्र बैंकले बाढी प्रभावित नागरिकलाई राहत रकम प्राप्त गर्न, आवश्यक आर्थिक कारोबार गर्न तथा उद्धार र पुन:स्थापनाका काममा आर्थिक पहुँच सहज बनाउन अत्यावश्यक सेवा निरन्तर राख्न यसअघि पनि निर्देशन दिएको थियो।

बिदाको दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन ! (सूचनासहित)

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्