बैंकिङ कसुर मुद्दामा ४६ वर्षका मोहन कुमार गिरी पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४६ वर्षका मोहन कुमार गिरी रहेका छन्।

बाजुरा जिल्ला साविक कोल्टी गा.वि.स. वडा नं. ३ परिवर्तित बुढिनन्दा नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. ७ बस्ने उनी काठमाडौँ महानगरपालिका वडा नं. ९ एयरपोर्टबाट पक्राउ परेका हुन्।

काठमाडौँ जिल्ला अदालत बबरमहल काठमाडौँले असार ५  गते प्रतिवादीलाई ५१ लाख बिगो वापत दुई वर्ष कैद फैसला गरेको थियो। उक्त फैसला भएपछि मोहन कुमार गिरी फरार रहेका थिए।

प्रहरीले पठाएको सूचना अनुसार गिरीलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौँ जिल्ला अदालत बबरमहल उपस्थित गराईएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्