बैंकिङ समाचारको डिजिटल संसार – बैंकिङ संसार ।
बैंकका कर्मचारी, ग्राहक, ऋणी, सेयरधनी र सर्वसाधारणका चासोको बैंकिङ क्षेत्रका खास समाचारसँगै अव आवश्यक पर्ने जानकारी, टुल्स, कन्भर्टर र क्यालकुलेटर । सबै एकै ठाउँमा । बैंक तथा वित्तीय संस्थाका विवरण, वालेट विवरण, बैंक रेटिङ, वालेट रेटिङदेखि बैंकका कर्मचारी र ऋणीलाई आवश्यक परिरहने विभिन्न टुल्सदेखि क्यालकुलेटरसम्म, ऋणी वा ऋण लिन चाहानेहरुलाई आवश्यक पर्ने बैंकहरुको आधारदर, र ब्याजदर विवरण ।
अव सबै सबै टुल्स बैंकिङ संसारमा
अर्थात, बैंकिङको संसार नै एकै ठाउँमा, बैंकिङ संसारमा ।
मुलत: बैंकिङ संसार समाचार पोर्टल हो । त्यसैले पनि बैंकिङ क्षेत्रका खास समाचार हाम्रो पहिलो प्राथमिकता हो । बैंक कर्मचारीको काम, योगदान र पीडा हाम्रा चासोको विषय हुन् । बैंकले गरेका राम्रा काम र बैंकभित्रका बेथिति हाम्रा समाचारका मूल विषय हुन् । ग्राहकको वित्तीय अधिकार र सुरक्षाका लागि हामी हरपल आवाज उठाईरहन्छौँ । ऋणीमाथि बैंकले गरेको लगानी र योगदानको प्रशंसा गर्दै ऋणीमाथि हुने हरेक विभेद र गलत कामको हामीले आवाज उठाउन कहिल्यै छाड्ने छैनौँ । हामी बैंकिङ क्षेत्रमा हुने घोटाला, अनियमितता र बेथितिमा हामी रतिभर पनि सम्झौता नगरी समाचार सम्प्रेषण गर्छौँ । अझ नेपालमै पहिलोपटक हामीले प्रिमियम बैंकिङ स्टोरीको अभ्यास सुरु गरेका छौँ ।
बैंकका कर्मचारीहरुले काम गर्दा कुनै समस्या परे बैंकिङ संसार डटकमको सुटुक्क गुनासोमा गुनासो गर्न सक्नेछन् । हामी ती गुनासो सुनुवाई गर्ने निकाय त होइनौं, तर सो गुनासो सम्बोधनका लागि पहल र खबरदारी दुवै गर्नेछौँ । कसैलाई भन्न नसकेका तपाईं बैंकरका पीडा हामी सुन्छौँ, र त्यसलाई समाचारमार्फत खबरदारी गर्छौँ ।
कुन बैंकले के गलत काम गर्दा राष्ट्र बैंकले कारवाही गर्यो ? अव यो विवरण बैंकिङ संसारको कम्प्लाइन्स अलर्टमा हेर्न सकिनेछ ।
कुन बैंकले कहिले अवार्ड पायो ? किन पायो ? सो अवार्ड कसले दियो ? अवार्डलाई सबैले ताली दिए कि विवादमा पनि पर्यो ? यसको विवरण बैंकिङ संसार डटकमको बैंक अवार्ड्स सेक्सनमा हेर्न सक्नुहुनेछ ।
अव बैंकर ऋणी र ग्राहकका लागि छुट्टै बैंकिङ राशिफल प्रकाशन हुनेछ बैंकिङ संसारमा । नेपालमै पहिलो पटक बैंकिङ पात्रोसमेत सार्वजनिक भएको छ बैंकिङ संसारमा । बैंकिङ पात्रोमा हामी आज बैंक खुला छ कि छैन, छ भने कति बजेसम्म छ जस्ता जानकारीदेखि, आजको तिथि, मिति, सूर्योदय, सूर्योस्त, बैंकहरुका बार्षिकोत्सव, बैंक विदाको सूची लगायतका विषय पनि प्रस्तुत गर्नेछौँ । बैंकिङ जागिरका लागि शुभ साइतसमेत प्रस्तुत गरिएको बैंकिङ पात्रोमा नेपालमै पहिलोपटक प्रादेशिक बैंक बिदाको विवरणसमेत हेर्न सकिनेछ ।
अव कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेकाहरुको विवरण सिधै बैंकिङ संसार डटकममा हेर्न सकिनेछ । बैंकको सेवा राम्रो लागे राम्रो भनेर र नराम्रो लागे नराम्रो भनेर आफ्नो खाता भएको बैंकलाई रेटिङ गर्न समेत सकिनेछ, बैंकिङ संसारमा । ग्राहक र ऋणीले बैंकलाई गरेजस्तै सेयरधनी र बैंकका कर्मचारीले आफ्नो सीइओलाई रेटिङ्ग गर्न सक्नेछन्, बैंकिङ संसारमै ।
नेपालमा घटेका बैंकिङ अपराध सम्बन्धि अध्ययन गर्न चाहानेहरुलाई बैंकिङ क्राइम केस स्टडी अध्ययनको व्यवस्थासमेत गरिएको छ बैंकिङ संसारमा ।
कुन बैंकले ऋण लिँदा कति ब्याज लिन्छ ? कुन बैंकमा सस्तो ऋण छ ? डिपोजिट राख्दा कुन बैंकले बढी ब्याज दिन्छ । यी सबै जानकारीसमेत बैंकिङ संसारमा राखिएको छ ।
बैंकर, र व्यवसायी दुबैलाई आवश्यक पर्ने नेपाली युनिकोड देखि सेयर धनीको चासोको विषय सेयर बजारसम्मका तथ्याङ्क प्रस्तुत छन् बैंकिङ संसारमा ।
यतिमात्र होइन, इएमआई क्याक्लुलेटर, अटो लोन क्यालकुलेटर, डिपोजिट इन्ट्रेष्ट क्यालकुलेटर, लोन इलिजिबिलिटी क्यालकुलेटर, इन्कम ट्याक्स क्यालकुलेटर, एज क्यालकुलेटरजस्ता उपयोगी क्यालकुलेटर र नेपाली नम्बर कन्भर्टर, अफिस वर्ड, एक्सेल जस्ता डकुमेन्टलाई पीडीएफमा सजिलै परिवर्तन गर्न सकिने पीडिएफ कन्भर्टर, इमेजका फर्म्याटहरु परिवर्तन गर्न इमेज फर्म्याट कन्भर्टर, इन्टरनेट स्पीड टेष्टजस्ता महत्वपूर्ण टूल्सहरु पनि बैंकिङ संसार डटकममा राखिएको छ । साथै सुनको भाउ, विनिमयदरजस्ता टुल्स पनि बैंकिङ संसारमा उपलब्ध हुनेछन् ।
बैंकिङ क्षेत्रका सबै खास अपडेट, एक्सक्लुसिभ कन्टेन्ट प्याकेज प्रिमियम स्टोरी, बैंकिङ प्रोडक्ट वाच, वालेट न्युज, बैंकरका कुरा, बैंकिङ साक्षरता लगायत विशेष सामाग्री पनि बैंकिङ संसारमा प्रकाशित / प्रशारित हुँदै जानेछन् । नेपालमै पहिलोपटक हामीले वालेटलाई छुट्टै बिट बनाएका छौँ ।
छोटो समयमै हामी टिकटक, फेसबुक, युट्य़ुब लगायतका सामाजिक संजालमा बैंकिङ बिट बनाएर समाचार प्रकाशन / प्रशारण गर्नेहरुमध्ये नम्बर १ संचारमाध्यम बनेका छौँ । बैंकिङ बिटका आधा दर्जन बढी मिडियाहरुमध्ये, फलोअर्स, भ्युअर्स, र इन्गेजमेन्टका हिसाबले पनि बैंकिङ संसार डटकम एक नम्बरमा छ । यो सफलताको सबै श्रेय तपाईंहरुलाई नै ।
मल्टिमिडियामा हामी दैनिक बैंकिङ अपडेटसँगै साप्ताहिक बैंकिङ न्युज बुलेटिन, दैनिक बैंकिङ राशिफल, समयफल, सेयर बजारसम्बन्धि अन्तर्वार्तामूलक प्रस्तुती मार्केटफायर, बैंकिङ बहसको कार्यक्रम बैंकिङ संसार टकमार्फत तपाईंहरुसँग आईरहनेछौँ । KYB मार्फत तपाईंले आफ्नो बैंकका बारेमा विवरण लिन सक्नुहुनेछ । बैंकका समाचार, बैंकले गरेका राम्रा काम, सम्बन्धित बैंकलाई राष्ट्र बैंकले गरेको कारवाही, बैंकले पाएका सम्मान, बैंकको वित्तीय रिपोर्ट लगायतका विवरणसमेत एकै ठाउँमा हेर्न सक्नुहुनेछ ।
बैंकिङ मिडियाहरुमध्ये मोबाइल एपमा समेत सबैभन्दा सक्रिय मिडिया बैंकिङ संसार नै हो भन्ने खबर सुन्दा, र सुनाउन पाउँदा हामी खुसी छौँ । यो माया अझै पाईरहने विश्वास पनि छ । बैंकिङ संसारको मोबाइल एप, वेव पोर्टल, र हाम्रा सामाजिक संजालहरु हेरेर थप प्रतिक्रिया दिनुहोला । हाम्रा टुल्सहरु प्रयोग गरेर मन परे अरुलाई भन्नुहोला, केहि सुधार्नुपर्ने भए हामीलाई भन्नुहोला । प्ले स्टार वा एप स्टोरमा गई हाम्रो एप डाउनलोड गर्नुहोला । हामीलाई यसैगरी माया गर्नुहोला ।
हेर्दैरहनुहोला, पढ्दैरहनुहोला
बैंकिङ क्षेत्रको संसार – बैंकिङ संसार

