नारायणी डेभलपमेण्ट बैंक पनि राष्ट्र बैंकको कारवाहीमा, सिइओ विष्णु रेग्मीलाई सचेत गराइयो ! (सूचनासहित)

काठमाडौँ। नारायणी डेभलपमेण्ट बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

राष्ट्र बैंकले नारायणी डेभलपमेण्ट बैंकलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा राखिएको शर्त बमोजिम संस्थाले एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समुहलाई कोषमा आधारित कर्जा सापट र गैरकोषमा आधारित सुविधाहरु समेत गरी आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमा कायम गरी प्रदान गर्न सक्ने गरी एकल ग्राहक कर्जा सीमा कायम गरिएकोमा आ.व. २०८१-८२ मा संस्थाले उक्त व्यवस्थाको उल्लंघन गरी कर्जाहरु प्रवाह गरेको भन्दै कारबाही गरेको हो ।

बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) विष्णु रेग्मीलाई राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सचेत गराएको हो ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै