काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कसैको पैसा नगुम्ने गरी काम गर्ने बताएका छन् । पूर्व योजनाकार मञ्च नेपालले आयोजना गरेको डिओलग अन मनीटरी पोलिसी २०८३-८४ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले मौद्रिक नीतिको मुख्य काम नीतिगत दरहरूको हेरफेर भएको पनि बताएका छन् । साथै, उनले तरलता व्यवस्थापनमा वित्त नीतिले काम गर्नुपर्ने बताए । उनले मौद्रिक नीति भन्ने वित्तिकै पोलिसी रेट भन्ने किसिमको सूचना दिन पनि आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा यसलाई जोड दिइएको उनको भनाई छ ।
गभर्नरले भने, ‘वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले जे काम गर्ने हो त्यसमा नै केन्द्रित भएर मौद्रिक नीति ल्याएका हौँ। ‘

