नेपाल ई-बिज म्यानेजमेन्टको लाइसेन्स नेपाल राष्ट्र बैंकद्वारा खारेज

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाल ई-बिज म्यानेजमेन्टको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ। भुक्तानी सेवा प्रदायक नेपाल ई-बिज म्यानेजमेन्टको इजाजतपत्र (लाइसेन्स) खारेज भएको हो।

भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा १३ (६) बमोजिम लाइसेन्स खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ।

संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँगै कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले सूचित गरेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै