गुराँस लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। गुराँस लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीको २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो ।

संस्थाले यसअघि संस्थापक सेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरेको सेयर सो अवधिभित्र संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरेको हो ।

सेयर खरिद गर्ने चाहने जो कोहिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात साउन ४ गतेभित्र कम्पनीको बिक्री प्रबन्धक आरवीवी मर्चेन्ट बैंकिङमा आइपुग्नेगरी आवेदन दिनुपर्नेछ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै