नबिल बैंकका पूर्व सिइओ माई ई वालेटको सिइओमा नियुक्त

काठमाडौँ। नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले संयुक्त अरब इमिरेट्स (यूएई) काे माई ई-वालेट इन्टरनेशनल एफजेडसीओको सिइओकाे जिम्मेवारी सम्हाल्ने भएका छन्।

ढुङ्गाना यूएईको भर्चुअल सम्पत्ति तथा वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा सिइओ तहको नेतृत्व सम्हाल्ने पहिलो नेपाली बन्ने भएका छन्।

नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा दशकौंको अनुभव हासिल गरेका ढुङ्गानाको नेतृत्व क्षमताले अन्तर्राष्ट्रिय दृष्टिकोणले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएकाे कम्पनीका कार्यकारी निर्देशक भीमकान्त भण्डारीले बताए।

पछिल्ला वर्षहरूमा यूएई विश्वकै प्रमुख डिजिटल वित्तीय तथा भर्चुअल सम्पत्ति केन्द्रका रूपमा विकसित भइरहेका बेला ढुङ्गानाको नियुक्तिलाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तार रणनीतिसँग जोडेर हेरिएको छ।

हालसम्म नेपाली नागरिकहरूले यूएईका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएपनि नियामकीय स्वीकृति प्राप्त भर्चुअल सम्पत्ति तथा वित्तीय प्रविधि क्षेत्रको उच्च नेतृत्व तहमा पुग्नु नेपाली समुदायका लागि विशेष उपलब्धि मानिएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै