काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय अभियान लघुवित्त वित्तीय संस्थाले गरेको हो।
लघुवित्तको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त बैठकले सोही बमोजिम गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ। सूचनासहित:


