महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले साढे ८४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

लघुवित्तको संस्थापक समूहको ८४ हजार ५३७ कित्ता सेयर जेठ २३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

उक्त सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५१५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद निवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यासम्म खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र काठमाडौंको कमलादीस्थित नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा असार ७ गते दिउँसो ३ बजेसम्म पेस गर्न सकिनेछ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै