सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आजदेखि सेयर बिक्रीमा राखेको छ। लघुवित्तले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले खरिद गर्ने मिल्ने गरी बिक्रीमा ल्याएको हो। उक्त, सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुक आवदकले संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी ४, ललितपुर वा शेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौँ १, नागपोखरी नक्सालमा आफूले खरिद गर्ने सेयर कित्ता खुलाइ आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्