हिमालयन इन्भेष्टमेन्ट बैंकरको सिइओमा शैलेश सुवेदी नियुक्त

काठमाडौँ। हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा शैलेश सुवेदी नियुक्त भएका छन्। उनी चार वर्षको लागि सिइओमा नियुक्त भएका हुन्।

बैंकको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सिइओमा सुवेदीलाई नियुक्त गरेको हो।

यसअघि बैंकका पुर्व सिइओ सुमेर शमशेर राणालाई पदबाट बर्खास्त गरेसँगै रिक्त रहेको सो पदमा सुवेदी नियुक्त भएका हुन्। सुवेदीले आफ्नो कार्यभार असार १५ गतेभित्र भित्रमा सम्हाल्ने भएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्