अब डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिइने

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक भएको छ। आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने घोषणा गरेका हुन्।

हाल उपभोक्ताले भ्याटबापत १३ प्रतिशत कर तिर्दै आएकोमा अब भने खरिद गर्दा डिजिटल भुक्तानी गरे तत्कालै १० प्रतिशत भ्याट छुट दिने व्यवस्था गर्ने घोषणा अर्थमन्त्री ले गरेका हुन्।

उनले करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर बनाइएको जानकारी दिएका छन् । अब व्यक्तिका लागि आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ । साथै, व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत विन्दुले घटाइएको उनले बताए ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै