अर्थमन्त्री वाग्लेद्वारा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत (लाइभ)

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज आर्थिक वर्ष २०८३-८४ को आय-व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो ।

चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ रु ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको थियो ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै