सिवाईसी नेपाल लघुवित्तको सिइओमा राधेश्याम श्रेष्ठ नियुक्त

काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले नयाँ सिइओ पाएको छ। लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा राधेश्याम श्रेष्ठ नियुक्त भएसँगै लघुवित्तले नयाँ सीइओ पाएको हो।

लघुवित्तको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका सिइओ डोलिन्द्र प्रसाद शर्माले गत चैत ४ गते राजीनामा दिएका थिए। शर्माले दिएको राजीनामा जेठ १५ गतदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय भएको छ ।

नवनियुक्त श्रेष्ठको कार्यकाल आगामी जेठ १५ गतेदेखि लागू हुने भएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्