काठमाडौँ। बैंकिङ कसुर मुद्दामा ११ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका ५ बस्ने ४७ वर्षीय राजेश कुमार गुप्ता पक्राउ परेका हुन्।
प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । जिल्ला अदालत पर्साबाट उक्त मुद्दामा १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना फैसला भई फरार रहेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका ८ बाट पक्राउ गरेको हो।
गुप्तालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेस गरिएको प्रहरीले जनाएको छ।

