काठमाडौँ। प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ परेका छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनी पक्राउ परेका हुन्।
आज काठमाडौंबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
परियार बैंकिङ कसुरको मुद्दामा फरार देखिएकाले पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

