सुनचाँदी धितो कर्जा बढ्यो, १ खर्ब ५ अर्ब बढी ऋण प्रवाह !

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सुनचाँदी धितो कर्जा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुन धितोमा १ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ६९ अर्ब २८ करोड रुपैयाँमात्र रहेको थियो।

जसअनुसार एक वर्षमै करिब ३५ अर्ब रुपैयाँभन्दा बढी वृद्धि भएको छ। माघ मसान्तसम्म सुन धितोमा १ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्