काठमाडौँ। बैंकिङ कसुर मुद्दामा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरका चन्द्र बहादुर अधिकारी, रन्जन कठायत, झापाका बिष्णु प्रसाद चुडालर र अमर कुमार थापा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

