काठमाडौँ। फागुन २०, २१ र २२ गते बैंक बिदा हुने भएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले ३ दिन सार्वजनिक बिदा दिने भएपछि बैंकहरु ३ दिन निरन्तर बिदा हुने भएको हो ।
१९ गते तराईमा होलीको र २३ गते शनिबार थप विदा छ । २४ गते पनि बैंकहरुमा महिलालाई नारी दिवसको बिदा छ ।

