स्याङ्जाका ९ जना उम्मेदवारले खोले बैंक खाता

काठमाडौँ। स्याङ्जाका ९ जना उम्मेदवारले मात्रै हालसम्म बैंक खाता खोलेका छन्। आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका ९ जना उम्मेदवारले मात्रै हालसम्म बैंक खाता खोलेका हुन्।

जिल्ला निर्वाचन कार्यालयबाट २४ जनामध्ये १७ जनाले बैङ्क खाता खोल्ने सिफारिस लगेको भए पनि हालसम्म नौ जनाले मात्रै बैङ्क खाता खोलेको जानकारी निर्वाचन कार्यालयमा प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले जानकारी दिए  ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा न्यूनतम रु २५ लाखदेखि अधिकतम रु ३३ लाखसम्म उम्मेदवारले खर्च गर्न पाउने प्रावधान रहेको छ । स्याङ्जाका दुईवटा निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरूलाई छुट्टाछुट्टै खर्चको सीमा निर्धारण गरिएको छ ।

स्याङ्जा क्षेत्र नं १ का उम्मेदवारहरूले अधिकतम रु ३१ लाख र क्षेत्र नं २ का उम्मेदवारहरूले अधिकतम रु २९ लाखसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण भएको अर्यालले जनाए।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै