आशा लघुवित्तद्वारा बोनश सेयर हितग्राही खातामा जम्मा

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश सेयर हितग्राही खातामा जम्मा गरेको छ । संस्थाको गत पुस ४ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको बोनश सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २२ गते बुक क्लोज गरेकोले सोभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कायम शेयरधनीको डिम्याट खातामा सभाले पारित गरेको बोनस सेयर जम्मा गरिएको जनाएको छ।

संस्थाको साधारणसभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त बोनश सेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था भइसकेको छ।

लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै