आइसिएफसि फाइनान्सको ऋणपत्र निष्काशन

काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले आज फागुन ११ गतेदेखि ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो ।

फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दैछ, जसको कुल परिमाण ५० करोड रुपैयाँ बराबर रहेको छ । कुल निष्काशनमध्ये ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रुपैयाँ बराबरका २ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।

सर्वसाधारणतर्फ निष्काशन गरिने २ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले लिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै