राष्ट्र बैंकका दुई उच्च पद रिक्त हुँदै

काठमाडौँ। नेपाल राष्ट्र बैंकका दुई उच्च पद रिक्त हुने भएका छन्। २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै नेपाल राष्ट्र बैंकका दुई उच्च पद रिक्त हुने भएका छन्।

नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र आउँदो २५ फागुनमा पाँच वर्षीय कार्यकाल सकाएर अवकाशमा जाने भएसँगै दुई उच्च पद रिक्त हुने भएका हुन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्