बैंकको २ थान चेक सहित जुवा खेल्ने ६ जना पक्राउ

काठमाडौँ। बैंकको २ थान चेक सहित जुवा खेल्ने ६ जना पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ कुमाई चोक बस्ने ५० वर्षीय सुरज सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार ६० रुपैयाँ, विभिन्न बैंकको चेक २ थान र १० बुक ताससहित पक्राउ गरेको हो।

हाल प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै