काठमाडौँ। नेपाल राष्ट्र बैंकले बजारमा जाली नोटको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
विशेषगरी एक हजार र पाँच सय दरका नोट प्रयोग गर्दा अनिवार्य रूपमा सुरक्षा विशेषता जाँच गर्न बैंकले अनुरोध गरेको छ।
राष्ट्र बैंकका अनुसार जाली नोट छाप्ने, ओसारपसार गर्ने वा कारोबार गर्ने कार्य कानुनविपरीत अपराध हो। सूचनासहित:


