१३ हजार ऋणी सदस्यका बैंक खाता रोक्का !

काठमाडौँ। १३ हजार ऋणी सदस्यका बैंक खाता रोक्का भएको छ। समस्याग्रस्त सहकारीहरूको व्यवस्थापनका लागि गठित समितिले सहकारी ठगी प्रकरणमा संलग्न १३ हजार ऋणी सदस्यका बैंक खाता, सेयर लगानी तथा चल-अचल सम्पत्तिमा रोक लगाइएको हो ।

बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको कार्यालयले जनाएकाे छ।

समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्यसम्पादन गर्ने क्रममा ७४ हजार ३ सय ७ जनाबाट ४४ अर्ब ४८ करोड ९० लाख ५ हजार ६ सय २६ रुपैयाँ रकम बचत मागदाबी पेस भएकाेमा ४ अर्ब १२ करोड ६६ लाख ५ हजार ६ सय ५४ रुपैयाँ बचत फिर्ता र मिलान कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै