काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ। लघुवित्तले गत आर्थिक वर्ष २०८१-८२ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधुनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
यसको सेयरधनीहरुले नगद र बोनस सेयर पाउने छैनन्। संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि गरेको छ।

