काठमाडौँ। यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी (कामु सिइओ) मा हिरा बहादुर आले नियुक्त भएका छन्। लघुवित्तको नायब कार्यकारी प्रमुख पदमा कार्यरत उनी कामु सिइओमा नियुक्त भएका हुन्।
लघुवित्तको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले आलेलाई उक्त पदमा नियुक्त गरेको हो। यसअघि संस्थाको प्रमुख कार्यकारी अधिकृत सिइओ डा. गोपाल दहित थिए।
उनले सिइओ पदबाट राजीनामा दिएसँगै कामु सिइओमा हिरा बहादुर आले नियुक्त भएका हुन्।

