काठमाडौँ। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २४औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न गरेको छ ।
साधारण सभाले आ.ब. २०८१-०८२ को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८१-०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरुसँगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयर पश्चात यस संस्थाको चुक्ता पूँजी रु.२ अर्व ५ करोड ५१ लाख १४ हजार पुगेको छ ।सम्पन्न
संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा आ.ब. २०८१-०८२ को बार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेकोमा जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारेका थिए ।
साथै, सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए ।

